काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सोध्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा गिरिबन्धी टिस्टेटको बिषयमा सोधिएको प्रश्नमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
गिरीबन्धु टी-स्टेटको कुरा आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस् !’
मेयर बालेनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी-स्टेटको घोटाला लुकाउन १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनु भन्दै आरोप लगाएका थिए ।
मेयर बालेनले गिरिबन्धु टी– स्टेटको काण्ड लुकाउन र विषयान्तर गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथमा फेरि सडक बनाउन थालेको आरोप लगाएका थिए ।