Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच के भयो कुराकानी ?

    बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • सोमबार, २१ जेष्ठ २०८१
  • 480
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    बालुवाटारमा सोमबार प्रचण्ड, ओली र देउवाबीच डेढ घण्टा बढी छलफल भएको हो ।



    उनीहरुबीच कांग्रेसले संसद् खोलेपछि पहिले बन्द भएको अवधिको क्षतिपूर्ति हुने गरी संसद्लाई बिजनेस दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    उनीहरुबीच विधेयकहरू अड्किएर बसेकाले यिनीहरूलाई प्रभावकारी रूपले अगाडि बढाउने विषयमा छलफल भएको हो ।

    सदनलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने उपायका साथै सहकारी छानबिन समिति गठन भैसकेपछिको अवस्थाबारे छलफल भएको छ ।

    तीन नेताको भेटपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच पनि केहीबेर छुट्टै छलफल पनि भएको बालुवाटार स्रोतले बतायो ।

    शीर्ष तीन नेता भेट्नुअघि बालुवाटारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए ।

    नेपालसँग प्रधानमन्त्रीले प्रदेश सरकार र समसामयिक विषयमा कुराकानी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार