काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहालाई हनिमुन सिटी बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष२०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा बोल्दै सांसद गुरुङले यस्तो बताएका हुन् ।
सांसद गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताए ।
सांसद गुरुङले भने, ‘यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ ? चितवनको सौराहामै हनिमुन सिटी बनाइदिउँ । विवाहित जोडीहरु त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ती चढ्छन् । घुम्छन् । त्यसैले हनिमुन सिटी ।’
नवविवाहित जोडीहरू घुम्न जाने सहरको रूपमा हनिमुन सिटी बनाउनुपर्ने सांसद गुरुङको भनाई छ । आगामी दिनमा डाँडामा भ्युटावर बनाउनु नहुने पनि सांसद गुरुङको भनाइ छ ।
गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके बाट २ खर्ब राजश्व उठ्ने सांसद गुरुङले बताए ।
Leave a Reply