Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सहकारी ठगीमा पक्राउ परेका सिबी लामा सार्वजनिक, डेढ अर्बभन्दा बढी अपचलन

    सहकारी ठगीमा पक्राउ परेका सिबी लामा सार्वजनिक, डेढ अर्बभन्दा बढी अपचलन

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 483
    SHARES

    काठमाडौं । सहकारीको अर्बौं रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी लामालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    चितवन भरतपुरबाट पक्राउ परेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज सार्वजनिक गरेको हो ।



    लामाविरूद्ध प्रहरीमा एक अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम ठगीको जाहेरी परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    २० फागुन २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका लामालाई भरतपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका लामाबाट चार थान मोबाइल र ६ थान सिमकार्ड प्रहरीले बरामद गरेको छ । सहकारीको रकम अपचलन गरी व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ ।

    कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा अध्यक्ष भएर उनले अर्बौं रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।यसअघि सिबीविरूद्ध ८५२ जनाले जाहेरी दिएका थिए।

    जसमा बिगो रकम एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रहेको प्रहरीले जनाएको छ।

    अहिले उनीविरूद्ध थप १०० जनाले जाहेरी दिएसँगै रकम थपिने सक्ने प्रहरीले बतायो । त्यसैगरी उनी अध्यक्ष रहेको पशुपति सहकारीमा पनि अन्दाजी १२ करोडको बिगो माग भएको प्रहरीले जनाएको छ।

    गत वर्ष साउन १ गते समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाले निवेदन दिएका थिए।

    पक्राउ परेका तामाङविरूद्ध चार वटा बैंकिङ कसुरको मुद्दा चलिसकेको र तीन वटामा फरार रहेको कायम रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

    उनीमाथि थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वर र पशुपति सहकारीको अनुसन्धानका लागि सीआइबी पठाउने प्रहरीले जनाएको छ।

    लामा नेपाली कांग्रेसका नेता समेत हुन् । उनी फरारहुँदै आएका थिए।

    सो संस्थाका ११ सञ्चालकविरुद्ध वानेश्वर वृत्तले दुई महिनाअघि ठगी मुद्दा दायर गरेको थियो।

    संस्थाका आठ सय ५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो।

    प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई मात्र पक्राउ गरेको थियो।

    त्यस्तै, सञ्चालकहरू जोगलाल लामा, प्रेम ध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया फरार छन्।

    अध्यक्ष ठकुरीले पूर्वअध्यक्ष लामाले नै संस्थाको धेरै रकम हिनामिना गरेको बयानमा उल्लेख गरेका थिए ।

    सो सहकारीलाई सहकारी विभागले गत २९ माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार