Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राज्यका सबै अंग र तहमा भ्रष्टाचार बढेको एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राज्यका सबै अंग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढेको निष्कर्ष निकालेको छ।

महाधिवेशनको सन्दर्भमा आइतबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले उक्त निष्कर्ष निकालेको हो ।

एकीकृत समाजवादीले वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा बृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको जनाएको छ ।

एकीकृत समाजवादीको दसौं महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ।

महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने पार्टीले बताएको छ।

संविधानको रक्षाका लागि हामीले गरेको विद्रोहको जगमा पार्टी स्थापना भएको एकीकृत समाजवादीले बताएको छ।

पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077