Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • जलवायु परिवर्तनका असर र प्रभावबारे संसदभित्र छलफल गरौँः सांसद सापकोटा

    जलवायु परिवर्तनका असर र प्रभावबारे संसदभित्र छलफल गरौँः सांसद सापकोटा

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 423
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरूको बारेमा संसदभित्र छलफल गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरूका सम्बन्धमा संसदमा छलफल हुनुपर्ने बताए ।



    सांसद सापकोटाले यसको सम्बन्धमा संसदको भूमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने बताए ।



    उनले जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा संसदले पनि आफ्नो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने बताए ।

    सांसद सापकोटाले ०७८ साल असार १ गते मेलम्चीमा आएको लेदोसहितको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत आजसम्म नपाएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

    उनले आउँदै गरेको वर्षात्का जोखिमहरू र त्यसका पूर्वतयारीका सम्बन्धमा पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार