Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इलाममा आमा-छोरा झुण्डिएको अवस्थामा मृत भेटिए

इलाम । इलाम नगरपालिका २ सुम्बेकमा आमाछोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको फेला परेका हुन् ।

उनीहरू घरभित्रै सुत्ने कोठामा एकै ठाउँमा दुई वटा डोरीको पासो लगाएर झुन्डिएको पाइएको हो ।

शनिबार पनि आमा छोराबिच विवाद सामान्य भएको थियो । विवाद पछि आमा फूलमायाले गाउँलेलाई लिएर आउँछु भनेर बोलाउन निस्किएकी थिइन् ।

आमा निस्केको मौका पारेर छोरा झुन्डिएका थिए ।

बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077