Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • गृहमन्त्रीको सनकका भरमा नागरिकलाई सडकमा उभ्याउन पाइँदैन : रामहरि खतिवडा

    गृहमन्त्रीको सनकका भरमा नागरिकलाई सडकमा उभ्याउन पाइँदैन : रामहरि खतिवडा

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 438
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ट्राफिक प्रहरीले थालेको कारबाहीविरुद्ध आक्रोश पोखेका छन् ।

    बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीको सनकका भरमा कसैलाई सडकमा उभ्याएन नपाइने बताएका हुन्।



    उनले संविधान र कानूनविपरीतको काम रोक्न सरकारलाई रुलिङ गर्न आग्रह गरे ।



    सांसद खतिवडाले भने, ‘कानूनी राज्यको स्थापनाका लागि हामीले हुकुमी शासनविरुद्ध लड्यौँ । अहिले गृहमन्त्रीको ट्वीटका आधारमा मापसे गरेकालाई सडकमा उभ्याइन थालिएको छ । मापसे गरेका मानिसलाई पहेँलो ज्याकेटमा सडकमा ल्याएर उभ्याउँदा स्वयंसेवक गर्नेहरूको मनोबल गिरेको छ।’

    खतिवडाले मापसे कारबाहीमा परेर लर्बराएकालाई सडकमा उतार्ने काम बन्द गर्न सरकारसँग माग गरे ।

    उपप्रधान एवं गृहमन्त्री लामिछानेको निर्देशनपछि ट्राफिक कारबाहीमा परेका व्यक्तिलाई प्रहरीले स्वयंसेवक बनाउन थालेको छ ।

    त्यसविरुद्ध परेको रिटमाथि आइतबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार