Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • उद्योग प्रवर्द्धन केन्द्रमा उद्योगमन्त्री भण्डारीका नीजि सचिवको रजाइ, कर्मचारीहरुबीच द्वन्द्व बढाउँदै निमित्त प्रमुख भट्टराई

    उद्योग प्रवर्द्धन केन्द्रमा उद्योगमन्त्री भण्डारीका नीजि सचिवको रजाइ, कर्मचारीहरुबीच द्वन्द्व बढाउँदै निमित्त प्रमुख भट्टराई

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 816
    SHARES

    काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीका नीजि सचिव विवेक घिमिरेले जथाभावी काज र सरुवा गर्दा लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सेवा प्रवाहमा असर पुग्न गएको छ ।

    चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने समयसीमा असार मध्यको समय हो । तर अहिलेसम्म ५० प्रतिशतसम्म पनि काम हुन नसकेको बताइन्छ ।



    घिमिरेको निगाहमा निमित्त कार्यालय प्रमुख भएकी उपसचिव विष्णु भट्टराईको कमजोर कार्यक्षमता, सानो विषयमा पनि शंका गर्ने परिपाटी र कर्मचारीहरुबीच समन्वय गर्ने भन्दा पनि द्वन्द्व बढाउने कार्यशैलीका कारण अहिले सम्पन्न भएका कार्यक्रमको भुक्तानी रोकिनुका साथै सम्झौता भएका कार्यक्रमहरु कार्यान्वयन हुन सकिरहेको छैन ।



    भट्टराईले आफू कार्यालय प्रमुख भएपछि केन्द्रको छवि नै उचो राख्ने प्रतिबद्धता मन्त्रालयसमक्ष गरे पनि अहिले काम कारबाही ठप्प हुँदा केन्द्र बदनाम हुन पुगेको छ ।

    केन्द्रको छवि उचो बनाउने र प्रगति देखाउने खालको प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न नहुने भएको छ । चालु आर्थिक वर्षका लागि १२ करोड बजेटको उक्त शीर्षकको कार्यक्रम सम्पन्न गर्नका लागि सार्वजनिक सूचना समेत आह्वान गरिएको थियो ।

    उद्योग बाणिज्य महासंघदेखि लिएर अन्य वस्तुगत उद्योग संघहरु र तिनमा आवद्ध उद्योगही तथा अन्य उद्योगीहरुले सो कार्यक्रमका लागि आवेदन दर्ता गरेका थिए ।

    छनोट समितिमा केन्द्रका प्राविधिक उपसचिवको नेतृत्वमा छनोट कमिटी रहेको छ । तर, भट्टराईकै जोडबलमा अहिले केन्द्रको प्राविधिक उपसचिव खाली राखिएको छ ।

    अति आवश्यक पर्ने उक्त पदमा रहेका अमित आचार्यलाई मन्त्रालयबाटै लखेटिएको छ तर अहिलेसम्म सो स्थानमा पदपुर्ति नगर्दा प्राविधिक उपसचिव संललग्न भएर गर्नुपर्ने अधिकांश कार्यक्रमहरु लथालिंग हुन पुगेका छन् ।

    यही कारण १२ करोड बराबरको उक्त कार्यक्रम यो वर्ष नहुने लगभग पक्कापक्की जस्तै भएको छ । त्यसैगरी अन्य सम्झौता भएका थुप्रै कार्यक्रमहरु पनि अलपत्र पर्ने भएका छन् ।

    कार्यान्वयन भएर भुक्तानीका लागि पेश भएका फाइलहरु पनि भट्टराईकै कमिशन बार्गेनिङका कारण रोकिएको बताइन्छ । मेला, महोत्सव सम्पन्न भएर बील फस्र्योटका लागि पेश भएका १ करोड बराबरको भुक्तानी पनि रोकिँदा मेला आयोजकहरु पटक पटक केन्द्र धाउन बाध्य छन् ।

    स्रोतकाअनुसार भट्टराईको चर्को बार्गेनिङ नमिलेकै कारण भुक्तानीमा विलम्ब हुन पुगेको बताइन्छ । उनी निमित्त प्रमुख भएपछि डिलमा कुरा मिलेका बाहेकका अन्य कुनै पनि भुक्तानीका लागि चेक काटिएको छैन ।

    जसका कारण लेखा शाखाका कर्मचारीहरु पनि केन्द्र छाड्नका लागि निवेदन बोकेर हिँडेका छन् । अधिकांश कर्मचारीको मनस्थिति उनको नालयकीपनका कारण केन्द्रमा बस्ने अवस्थामा छैनन् ।

    केन्द्रको यस्तो दुर्दशा हुँदा पनि मन्त्री भण्डारी सचिव कृष्णबहादुर राउत रमिते मात्रै बन्न पुगेका छन् ।

    सम्झौता भएका कार्यक्रम सम्पन्न गर्नु पर्ने, रोकिएका भुक्तानीहरुलाई अगाडि बढाउनु पर्ने र बजेटमा निर्देशित कार्यक्रमहरु सम्पन्न गर्नु पर्ने समयको चापकाबीच उनलाई भने मन्त्रालयले शनिबारबाटै जाने गरी हप्ता दिनका लागि कोरिया भ्रमणका लागि मनोनय गरेको छ ।

    केन्द्रको अस्तव्यस्ततालाई छाडेर उनी एक हप्ता कोरियामा रमाउने भएकी छिन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने केन्द्रको प्रमुख सहसचिव पदमा मन्त्री भण्डारी तत्काल नियुक्ति गर्ने पक्षमा छैनन् ।

    बालकोट र एमालेका केही नेताहरुको दबाव र निजी सचिव घिमिरेको जोडबलका कारण नचाहेर पनि मन्त्री भण्डारीले भट्टराईलाई निमित्त प्रमुखमै राखिरहन बाध्य छन् ।

    सम्पन्न भएका कार्यक्रमको भुक्तानी रोकिनुका साथै सम्झौता भएका कार्यक्रमहरु कार्यान्वयन हुन नसकेकोबारेमा निमित्त प्रमुख भट्टराईले भनिन्–‘म भेटेर सबै कुरा गर्छु, फोनमा होइन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार