Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • मानवरहित चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा अवतरण

    मानवरहित चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा अवतरण

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 564
    SHARES

    एजेन्सी । चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको छ ।

    यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् ।



    बेइजिङको समय अनुसार बिहान ६:२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको हो ।



    चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन सीएनएसएले जनाएको छ । मे ३ बाट चीनले सुरु गरेको यो अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु रहेको छ ।

    चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू संकलन गर्न कामयाव यो सफलता ऐतिहासिक रहेको टिप्पणी भइरहेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र बनेको हो ।

    चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित एउटा ठूलो क्रेटरमा चिनियाँ मानवरहित अन्तरिक्ष यान अवतरण भएको हो । चन्द्रमामा अन्तरिक्ष यात्रीहरू राख्ने देशको आकांक्षालाई अगाडि बढाउने चीनको महत्वाकांक्षी अभियानको लागि महत्वपूर्ण सफलता भनेको छ ।

    एक प्रमुख अन्तरिक्ष शक्ति बन्ने चीनको चाहनामा यो एक कोषेढुंगा बन्ने बताईएको छ । चन्द्रमाको सुदूर छेउमा सफलतापूर्वक पुग्ने अभियानलाई चीनले पहिलो पटक सन् २०१९ मा चाङ’ई-४ यान पठाएर सुरु गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार