Online Nepal
  • बुधबार, २ असोज २०८१
  • टी–२० विश्वकपमा अमेरिकाको विजयी सुरुवात

    टी–२० विश्वकपमा अमेरिकाको विजयी सुरुवात

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 567
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले जित हात पारेको छ ।

    घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो ।



    टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो ।



    जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले १७.४ ओभरमा केवल तीन विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजय लक्ष्य पार गर्यो।

    अमेरिकाको जितमा एन्ड्रिज गौस र एरोन जोन्सले महत्त्वपूर्ण योगदान गरे । दुवै ओपनरलाई सस्तैमा गुमाएको अमेरिकाका लागि गौसले ६५ रन बनाए ।

    उनले केवल ४६ बलमा तीन छक्का र सात चौका प्रहार गरे । एरोन जोन्सले पनि टोलीका लागि अविजित अविजित ९४ रनको योगदान गरे ।

    गौस र एरोनले एक सय ३१ रनको साझेदारी गरे । अमेरिकाले खाता खोल्नुअघि नै आफ्नो पहिलो विकेट गुमाएको थियो ।

    ओपनर ब्याट्सम्यान स्टिभन टेलर शून्य रनमै आउट भएका थिए । क्यानडाका बलर निखिल दत्त, डिलोन हेलिगर र कलिम सानाले एक–एक विकेट लिए। क्यानडाका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले ।

    ओपनर नवनित धालिवालले ६१ रन बनाएका थिए । उनले केवल ४४ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे । अमेरिकाका बलर कोरी एन्डर्सन, हरमित सिंह र अली खानले एक–एक विकेट हात पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार