Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • काठमाडौँ महानगरलाई क्षतिपूर्ति तिराउने तयारीमा सडक डिभिजन कार्यालय

    काठमाडौँ महानगरलाई क्षतिपूर्ति तिराउने तयारीमा सडक डिभिजन कार्यालय

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 555
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सडक डिभिजन कार्यालयको सहमतिबेगर न्युरोड सडकको सिमाना घटाएर फुटपाथ बिस्तार गर्न लागेपछि सडक विभागले आजबाट थप एक्सन लिने भएको छ।

    क्षेत्रअधिकार बाहिर गएर सडक खन्न थालेपछि आक्रोशित डिभिजन सडक कार्यालय काठमाडौंले तीन दिनअघि यही १६ गते जवाफ दिन पत्राचार गरेको थियो।



    आज चार दिन पुगेको छ। कामपाले आज आइतबार सडक भत्काएको विषयमा जवाफ दिनुपर्नेछ। जवाफ नदिएमा डिभिजन सडक कार्यालयले थप कारबाही गर्ने प्रक्रिया अघि बढाउने छ।



    डिभिजन कार्यालय प्रमुख नारायणदत्त भण्डारीले कार्यालयले काटेको पत्रको आज जवाफ आउनुपर्ने बताए । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार