Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • गर्मीका कारण भारतमा ३२० जनाको मृत्यु

    गर्मीका कारण भारतमा ३२० जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 666
    SHARES

    फाइल तस्विर

    एजेन्सी । तापक्रम बढेसँगै गर्मी र तातो लहरले भारतमा ३ सय जनाभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो ४ दिनमा ३ सय २० भन्दा बढीको मृत्यु भएको हो।

    बिहीबारदेखि शनिबारसम्म उत्तर प्रदेशमा मात्र सबैभन्दा बढी १ सय जनाको ज्यान गएको हो।



    बुधबारदेखि शनिबारसम्ममा राजस्थानमा चलेको तातो लहरका कारण ६० जनाको ज्यान गएको छ। यसैगरी झारखण्डमा ३७, ओडिसामा १८, मध्येप्रदेशमा २ र दिल्लीमा एक जनाको ज्यान गएको छ ।



    अत्यधिक गर्मी भएपछि झारखण्डमा १ हजार ३ सय २६ जना अस्पताल भर्ना भएका छन्। पछिल्लो ३ दिनमा गर्मीकै कारण बिहारमा ६९ जनाको मृत्यु भएको तथ्यांक छ।

    जसमा यूपी–बिहारमा शुक्रबार मात्र ४० जनाभन्दा बढीको मृत्यु भएको छ। तीमध्ये लोकसभा चुनावी काममा खटिएका २५ कर्मचारी र अधिकारी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार