Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • सार्वजनिक यातायातलाई अपांगतामैत्री बनाउन निर्देशन

    सार्वजनिक यातायातलाई अपांगतामैत्री बनाउन निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २० जेष्ठ २०८१
  • 342
    SHARES

    काठमाडौं । सार्वजनिक यातायातलाई अपांगता तथा अशक्तमैत्री बनाइने भएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बसमा एक महिनाभित्र अपांगतामैत्री र्‍याम्प (सिँढी) राख्न निर्देशन दिएको हो ।

    सार्वजनिक यातायातलाई अपांगता र अशक्तमैत्री बनाउन सार्वजनिक बसमा एक महिनाभित्र र्‍याम्प (सिँढी) राख्न सम्बन्धित मन्त्रालयबाट यातायात व्यवसायीसम्बद्ध संघ–संस्थाहरूलाई निर्देशन गर्नका निम्ति यही जेठ १७ गते सचिवस्तरीय निर्णय गरी पत्रचार गरिएको जनाइएको छ ।



    अपांगता भएका तथा अशक्त व्यक्तिहरूलाई आवागमनमा सहज होस् भन्नका निम्ति सार्वजनिक बसमा अनिवार्य अपांगतामैत्री र्‍याम्प राख्न निर्देशन दिइएको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । उनले भने, “परिवार तथा राज्यबाट नै विशेष हेरचाह आवश्यक पर्ने अपांग र अशक्त भएका व्यक्तिहरूलाई सार्वजनिक यातायातमा सहज होस् भनेर यो निर्णय गरिएको हो ।”



    समाज तथा राज्यले समेत विशेष प्राथमिकतामा राख्नुपर्ने भन्दै हरेक क्षेत्रबाट यसैगरी उनीहरूलाई सहज हुने वातावरण सिर्जना गर्दै जानुपर्ने गृहसचिव अर्यालको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार