Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युवा–विद्यार्थीलाई ओलीले भने – प्रतिगामी सोचविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुनू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन पार्टीका युवा–विद्यार्थीलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय युवा संघ, नेपालले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भड्काउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीले आक्रामक रूपमा प्रतिवाद गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

उनले प्रतिगामीले गरेका गलत प्रचारको खण्डन हुने गरी अभियानको नेतृत्व लिन पनि युवा–विद्यार्थीलाई सचेत गराए । प्रतिगामी तत्त्व मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उनले उल्लेख गरे ।

त्यस्ता खालको गलत प्रचारको पछाडि कोही पनि लाग्न नहुनेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077