सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साँगाचोकगढी नगरपालिका–५, धाउचेतका दावा तामाङलगायत व्यक्ति छन् ।
दावाको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
उनीहरूका साथबाट प्रहरीले नगद २० हजार ३८० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply