Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य हुँदैन : नेतान्याहू

    हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य हुँदैन : नेतान्याहू

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 573
    SHARES

    फाइल तस्विर

    इजरायल । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासको विनास नभएसम्म गाजा युद्धको अन्त्य नहुने बताएका छन् । युद्धको अन्त्यका निम्ति इजरायलको अवस्था परिवर्तन नभएको उनले जनाएका छन् ।

    उनले हमासको विनासले सबै बन्धकलाई मुक्त गर्ने र इजरायललाई खतरा नभएको निश्चित गर्ने विज्ञप्तिमार्फत जनाएका छन् ।



    शनिबारै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई गाजामा पूर्ण युद्धविरामका निम्ति नयाँ रोडम्याप प्रस्ताव गरिरहेको बताएका थिए । उनले युद्धविराम तीन चरणको प्रस्तावमा ६ हप्तादेखि गाजाका सबै क्षेत्रबाट इजरायली सेना फिर्ता हुने उल्लेख गरे ।



    युद्धको अन्त्यसँगै सयौँ प्यालेस्टाइनी कैदीको मुक्तिको बदलामा महिला, वृद्धवृद्धा, घाइतेलगायत धेरै बन्धकको रिहाइ हुने बाइडेनले बताए । उक्त प्रस्तावमा इजरायल र प्यालेस्टाइनीले स्थायी युद्धविरामका निम्ति ६ हप्तामा वार्ता गर्ने र त्यसक्रममा युद्धविराम जारी रहने बाइडेनले जनाए ।

    हमासले बाइडेनले बनाएको योजनालाई सकारात्मक रूपमा लिएको जनाइएको छ । रासस/एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार