Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • श्रम क्षेत्रका समस्या समाधान गर्न प्रयास भइरहेको छ : श्रममन्त्री अर्याल

    श्रम क्षेत्रका समस्या समाधान गर्न प्रयास भइरहेको छ : श्रममन्त्री अर्याल

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 537
    SHARES

    जनकपुरधाम । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका छन्।

    जनकपुरधाममा मधेश प्रदेश श्रमाधान रोजगार मेला उद्घाटन गर्दै श्रममन्त्री अर्यालले यस्तो बताएका हुन् ।



    श्रममन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो संख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको भन्दै धेरै भन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरे।



    स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका धेरै समस्याहरू एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान सुरु गरिएको उनले बताए।

    श्रममन्त्री अर्यालले श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार