Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अरुलाई गाली गरेर पार्टी मजबुत हुँदैन : एनपी साउद

    अरुलाई गाली गरेर पार्टी मजबुत हुँदैन : एनपी साउद

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 564
    SHARES

    सुर्खेत । नेपाली कांग्रेसका नेता एनपी साउदले संगठन कमजोर बनाएर पार्टी मजबुत हुन नसक्ने बताएका छन् ।

    कांग्रेस सुर्खेतले गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता साउदले यस्तो बताएका हुन् ।



    उनले संगठनलाई एकढिक्का बनाएर मात्रै पार्टी मजबुत हुने बताए ।



    नेता साउदले भने, ‘अर्कालाई गाली गरेर, अर्का माथि आक्रमण गरेर, आफ्नो संगठन कमजोर बनाएर, संगठनमा विभाजन ल्याएर पार्टी मजबुत हुन सक्दैन ।’

    नेता साउदले अन्य पार्टीहरुलाई समेट्दै आफ्नो जनाधार बलियो बनाएर मात्रै ठूलो पार्टी बन्न सकिने बताए ।

    बहुमत प्राप्त पार्टी बन्ने भन्ने कुरा एक्लिएर बन्न नसकिने नेता साउदको भनाई छ ।

    नेपालको संवैधानिक संरचनाले कुनै पनि एक दललाई बहुमत ल्याउने सुविधा नदिएको साउदले बताए ।

    संविधानले नै फरक–फरक विचार भएका दलहरु एकै ठाउँमा सँगसँगै काम गर्ने कुराको परिकल्पना गरेको नेता साउदको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार