Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु

    अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा २० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 420
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अफगानिस्तानको पूर्वी नङ्गरहार प्रान्तमा नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा २० जनाको मृत्यु भएको छ।

    पूर्वीनङ्गरहारको मोमण्ड दारा जिल्लाको बसावुल क्षेत्रमा शनिबार बिहान सात बजे महिला तथा बालबालिका बोकेको डुङ्गा नदीमा डुबेको हो ।



    दुर्घटना परेका पाँच जना बाँचेका छन् भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।



    नङ्गरहार सूचना तथा संस्कृति विभागले दिएको सन्देशमा अधिकारीले उक्त क्षेत्रमा मेडिकल टोली र एम्बुलेन्स पठाएको बताएका छन् ।

    कम्तिमा पाँचवटा शव निकालिएको तथा अरूलाई खोज्ने प्रयास भइरहेको प्रान्तीय सरकारी अधिकारीले बताएका छन् ।

    नजिकैको पुल नभएको कारण यस क्षेत्रका बासिन्दाले प्रायःखराब अवस्थामा डुङ्गा प्रयोग गरेर नियमितरूपमा नदी पार गर्ने गरेको स्थानीय मिडियाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार