Online Nepal
  • बुधबार, १० पुष २०८१
  • जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु

    जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 567
    SHARES

    जनकपुरधाम । जनकपुरधाममा आजदेखि ‘श्रमाधान रोजगार मेला’सुरु हुने भएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा उक्त मेला आयोजना गरिएको हो ।



    दुई दिनसम्म चल्ने उक्त मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेस प्रदेश र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको हो ।



    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार मेलामा रोजगारीसहितका कक्ष रहने छ ।

    कामको खोजीमा रहेका युवाको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिनेगरी मेलाको तयारी गरिएको छ

    मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको कक्ष, रोजगारदाता, म्यानपावर व्यवसायी तथा विभिन्न सामाजिक संस्थालगायतका ३५ भन्दा बढी कक्ष रहनेछन्।

    कामको खोजीमा रहेका युवालाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल तथा विभिन्न नेटवर्किङ सत्र, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायत कार्यक्रम पनि राखिएका छन् ।

    मेलाबाट रोजगारदाता र श्रमिकमा उत्साह थपिने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार