काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि टिप्पणी गरेको भिडिओ क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
गत साता झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको कुराकानीमा अध्यक्ष ओलीले श्रेष्ठ विदेशीसँग बिहे गरेर नेपाल आउँदा मन्त्री बनेको टिप्पणी गरेका हुन् ।
उनीहरूसँगको भेटमा शिक्षामन्त्री श्रेष्ठप्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘विदेशीसँग बिहे गरेको सुन्छु कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन् ।’
छलफलमा अध्यक्ष ओलीले शिक्षामन्त्री श्रेष्ठका कतिपय अपरिपक्व निर्णय सच्याउन सुझाव दिने र यो सरकारको पालामा अभिभावक तथा समुदायलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक सांसद हुन् ।