Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सिबी लामालाई भगाउनेमाथि कारबाही होला ?

    सिबी लामालाई भगाउनेमाथि कारबाही होला ?

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । सुन तस्करीमा संलग्न जीवन चलाउनेलाई भगाउने प्रहरीमाथि यतीबेला कारबाहीको तयारी भइरहेको छ ।

    त्यस्तै गरी सहकारी ठगीमा संलग्न कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सिबी लामालाई पनि सिआइबीका अधिकारीले भगाएका थिए । त्यस विषयमा पनि पीडितहरूले छानविनको माग गरेका छन् ।



    लामालाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवनबाट पक्राउ गरेको छ । सिआइबीले पनि उनीमाथि अनुसन्धान गरेको थियो । सोधपुछमा बोलाएर पछि भगाएको स्रोत बताउँछ ।



    महिनौँसम्म अनुसन्धान लम्बाएपछि अनुसन्धानको जिम्मेवारी बानेश्वर वृत्तमा पठाएर उन्मुक्ति दिने प्रयास भएको थियो । वानेश्वर वृत्तबाट सामान्य अनुसन्धान गरी मुद्दा दायर हुनुले पनि यसमा प्रहरीको मिलेमतो देखिएको स्रोत बताउँछ ।

    सो संस्थाका ११ सञ्चालकविरुद्ध वानेश्वर वृत्तले गत २७ फागुनमा ठगी मुद्दा दायर गरेको छ । संस्थाका आठ सय ५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी मुद्दा दायर भएको हो ।

    प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई मात्र पक्राउ गरेको थियो । सञ्चालकहरू जोगलाल लामा, प्रेमध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया अझै फरार छन् । सहकारीमा सर्वसाधारणको करिब ६ अर्ब रुपैयाँ डुबेको छ ।

    मुद्दा दायरपछि पनि उजुरी बढिरहेका छन् । सोही सहकारीले कान्तिपुर अस्पताल लगायत संस्था चलाएकोमा ती संस्था पनि धराशायी बनेका छन् । पूर्वअध्यक्ष लामाले अस्पताल, रिसोर्ट तथा घरजग्गामा सञ्चालकले करोडौँ लगानी गरेका छन् ।

    सिआइबीकै सहयोगमा उनले आफ्ना कतिपय निजी सम्पत्ति बेचेर विदेशमा लैजान सफल भएका छन् । जस कारण सर्वसाधारणले आफ्नो पैसा फिर्ता पाउने सम्भावना न्यून भएको छ ।

    सुन तस्करीका आरोपी भगाएको आरोपमा सिआइबीकी तत्कालीन प्रमुख किरण बज्राचार्यमाथि कारबाही हुन लागेको हो । उनै बज्राचार्य ब्युरो प्रमुख हुँदा कान्तिपुरका लामाले पनि उन्मुक्ति पाएका हुन् ।

    यसमा विस्तृत छानविन भएमा सिआइबीका अन्य केही अधिकृतमाथि समेत कारबाही हुने अवस्था रहेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार