Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले भन्यो – सन्दीपको भिसाका लागि थप पहल थालेका छौँ

काठमाडौं । सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले क्रिकेटर सन्दीप लामिछानेको भिसाबारे थप पहलकदमी भइरहेको बताएकी छिन् ।

सरकारका निर्णय सुनाउँदै उनले यस्तो बताएकी हुन् । उनले सन्दीपको भिसाको बारेमा थप पहलकदमी भइरहेको समेत बताइन्।

‘यो विषयमा फेरि थप पदलकदमी भइरहेको छ, हेरौँ के हुन्छ त्यसपछि थाहा होला,’ उनले भनिन् । साथै उनले सन्दीपलाई भिसा दिनु वा नदिनु अमेरिकाकै विषय भएको बताइन् ।

सरकारले सन्दीपलाई भिसा दिन आवश्यक पहल गरेपनि भिसा नदिएको विषयमा सरकारले प्रतिक्रिया दिनु राम्रो नहुने पनि उनको भनाई छ ।

सन्दीपले दुई पटकसम्म अमेरिकाको भिसाका लागि आवेदन दिएपनि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077