Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच छलफल

    सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 474
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    कांग्रेस सभापति शेरबहादुरसहितका विपक्षी दलका नेतासँग छलफलमा बसेका अध्यक्ष नेपालसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओली र प्रचण्डले छलफल गरेका हुन् ।



    भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताईएको छ।



    भेटमा संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र कांग्रेस सभापति देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा नेपाल सहभागी भएको विषयमा पछि छलफल भएको बताइएको छ ।

    नेकपा एमालेले सत्तारुढ दल भएर विपक्षी दलहरुको बैठकमा सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार