Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कलङ्की क्षेत्रमा गुण्डागर्दी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको कलङ्की क्षेत्रमा गुण्डागर्दी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ स्थित कलङ्की घर भएका २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह छन् ।

उनीहरूले समूह बनाएर कलङ्की क्षेत्रमा व्यापारी र स्थानीयलाई धाकधम्की दिएर त्रसित बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूले व्यापार, व्यवसाय गर्नेहरूमाथि हातपात र लछार पछार समेत गरेको उजुरी परेपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो ।

उनीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077