Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एकढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न सांसदहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

    एकढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न सांसदहरूलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 417
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूलाई एकढिक्का भएर बजेटको प्रतिरक्षा गर्न निर्देशन दिएका छन्।

    शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारीमा केन्द्रित रहेको बजेटको प्रतिरक्षा गर्न सांसदहरूलाई निर्देशन दिए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले आएको बजेट जनमुखी छ । आशामुखी छ अब यसको कार्यान्वयनमा हामी सबैले जोड दिनुपर्छ । तपाईंहरुले पनि आआफ्नो स्थानबाट प्रभावकारी भूमिका निर्वाह गर्नुस्।’

    प्रधानमन्त्रीले समाजवादको आधार तयार पार्न उत्पादन वृद्धि र उत्पादकत्व वृद्धितर्फ बजेट ढल्किनु सकारात्मक भएको बताए ।

    त्यस्तै बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र वस्तुगत भएको टिप्पणी गरेका थिए ।

    आर्थिक सुधारको अवधारणासहित समाजवादउन्मुख बजेट ल्याएको अर्थमन्त्री पुनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार