काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकले विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
राष्ट्रियसभाबाट पारित भएर आएको यो विधेयकको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ ।
प्रतिनिधि सभाबाट स्वीकृत भएर पुनः राष्ट्रियसभामा जान्छ ।
प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ ।
Leave a Reply