Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अमेरिकी हतियार प्रयोग गरेर रुसमाथि आक्रमण गर्न राष्ट्रपति बाइडेनले दिए अनुमति

    अमेरिकी हतियार प्रयोग गरेर रुसमाथि आक्रमण गर्न राष्ट्रपति बाइडेनले दिए अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 801
    SHARES

    एजेन्सी । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्ने अधिकार दिएका छन् ।

    लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसीमाथि आक्रमण गर्ने अधिकार दिएका हुन् ।



    रूसी सेनाले रूसी सीमा नजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहर आक्रमण बढाएपछि बढ्दो तनावकाबीच बाइडेनले यस्तो निर्णय लिएका हुन् ।



    युक्रेनलाई रूसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेको हतियार प्रयोग गर्न अनुमति दिइएको छ ।

    यो नीति अनुमति दिइएको क्षेत्र खार्किभमा कडाईका साथ सीमित रहेको छ । युक्रेनी अधिकारीहरूले यस क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रयोगको अनुमति मागेका छैनन् ।

    हालैका हप्ताहरूमा बढिरहेको रूसी सेनाको प्रतिक्रियामा किएभले यो नीति परिवर्तनको लागि अनुरोध गरेको अधिकारीले पुष्टि गरेका छन् ।

    युक्रेनी सेनाहरूलाई अब खार्किभबाट सीमापार रूसी सैन्य प्रतिष्ठानण्, गोला बारुद भण्डारण क्षेत्र र रसद केन्द्रहरूलाई लक्षित गर्ने अधिकार दिइएको छ ।

    नीतिमा आएको परिवर्तनप्रति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ र जर्मन चान्सलर ओलाफ स्कोल्जलगायत युरोपेली नेताहरूले समर्थन जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार