काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामा पक्राउ परेका छन् ।
लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको पनि सञ्चालक हुन् । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको थियो ।
कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल यसअघि नै पक्राउ परेका थिए ।
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरु विरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् । लामा नेपाली कांग्रेसका नेता समेत हुन् । उनी फरारहुँदै आएका थिए।
सो संस्थाका ११ सञ्चालकविरुद्ध वानेश्वर वृत्तले दुई महिनाअघि ठगी मुद्दा दायर गरेको थियो। संस्थाका आठ सय ५२ जना सदस्यको जाहेरीका आधारमा एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो।
प्रहरीले संस्थाका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई मात्र पक्राउ गरेको थियो।
त्यस्तै, सञ्चालकहरू जोगलाल लामा, प्रेम ध्वज लामा, सानुकान्छा लामा, नारायण रिसाल, देवराज पराजुली, इन्दु थापा, कञ्चन तामाङ, उद्धवप्रसाद पाण्डे र अम्बिका थपलिया फरार छन्।
अध्यक्ष ठकुरीले पूर्वअध्यक्ष लामाले नै संस्थाको धेरै रकम हिनामिना गरेको बयानमा उल्लेख गरेका थिए ।
सो सहकारीलाई सहकारी विभागले गत २९ माघमा समस्याग्रस्त घोषणा गरिसकेको छ ।
सहकारीमा सर्वसाधारणको करिब ६ अर्ब रुपैयाँ फसेको छ । पूर्वअध्यक्ष लामाले अस्पताल, रिसोर्ट तथा घरजग्गामा सञ्चालकले करोडौँ लगानी गरेका छन् ।
Leave a Reply