Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • गर्मीका कारणमा भारतमा एकै दिन ७९ जनाको मृत्यु

    गर्मीका कारणमा भारतमा एकै दिन ७९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 861
    SHARES

    एजेन्सी । भारतमा गर्मीका कारण ७९ जनाको ज्यान गएको छ ।

    झारखन्डसहितका ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो ।



    सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झारखन्डमा १५ जनाको मृत्यु भएको थियो ।



    ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको थियो । राजस्थान र छत्तीसगढमा मर्नेको संख्या क्रमशः ५ र ३ थियो ।

    उत्तर प्रदेश र दिल्लीमा १÷१ जनाको मृत्यु भएको छ । मौसम विभागले शुक्रबारका लागि यी राज्यमा लूसम्बन्धी अलर्ट जारी गरेको छैन ।

    बिहीबार अधिकांश राज्यमा लूसम्बन्धी अलर्ट जारी गरिएको थियो । पछिल्ला दिनहरूमा भारतमा गर्मीका कारण दिनहुँ कयौँको ज्यान गइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार