Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसंघको सम्मान

    शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसंघको सम्मान

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 753
    SHARES

    न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघीय शान्ति सेनामा खटिएका नेपाली सुरक्षाकर्मी भूपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन् ।

    अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक राष्ट्रसंघका निम्ति नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे ।



    त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे । गएको अक्टोबर १३ मा कंगोमा राईको निधन भएको हो ।



    सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन मे ३० लाई अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका रूपमा मनाइने गरेको छ ।

    नेपाल राष्ट्रसंघीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो । ६ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन् ।

    राष्ट्रसंघले अबेई, मध्य अफ्रिकी गणतन्त्र कंगो, साइप्रस, प्रजातान्त्रिक गणतन्त्र कंगो, इराक, कोसोभो, लेबनान, लिबियामा नेपाली शान्ति सेनालाई खटाउँदै आएको छ । पूर्वी सोमालिया, दक्षिण सुडान, पश्चिमी सहारा र यमनमा पनि नेपाली शान्ति सेना तैनाथ छ । नेपाल सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा खटाउँदै आएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार