Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्व

    हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्व

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 753
    SHARES

    तनहुँ । हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् ।

    हुरीले भएको क्षतिका बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ । पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कैयौँ स्थानका बासिन्दा प्रभावित भएका केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।



    व्यास नगरपालिका–१०, बैरेनी, व्यास–७, कलेस्ती, व्यास–१२, छिर्कन र व्यास–१३, पोखरीभञ्ज्याङलगायत स्थानमा विद्युत् सेवा अवरुद्ध भएको उनले बताए ।



    यसैगरी, व्यास–११, बेल्टारीमा चार विद्युत् पोल र रुख ढालेपछि विद्युत् सेवाका साथै सडक पनि अवरूद्ध भएको छ । “हुरीबतासले ठूला रुख समेत ढालेका कारण सडक अवरुद्ध भएको छ । राति १० बजेसम्म आठ–दशजनाको टोली खटिएर काम गरे पनि अवरोध हटाउन सकिएन,” उनले भने । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार