Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेवातालमा फसेकी अस्ट्रेलियाली नागरिकको सकुशल उद्धार

पोखरा । फेवातालमा फसेकी एक अस्ट्रेलियाकी नागरिकको उद्धार गरिएको छ ।

बिहीबार अपराह्न आएको हावाहुरीका कारण बिच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेका हुन् ।

सशस्त्र प्रहरी बलको फेवाताल रेस्क्यु टावरमा खटिएको विशेष विपद् व्यवस्थापन टोलीले घटना देख्नेबित्तिकै तुरुन्त परिचालन भई उद्धार गरिएको बताइएको छ ।

डुङ्गा भाडामा लिएर फेवातालमा उनी सवार हुँदा हावाहुरी आएको थियो । अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उनको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077