Online Nepal
  • आइतबार, २० असोज २०८१
  • फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ : प्रधानमन्त्री प्रचण्ड

    फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 552
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् ।

    जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले समाजवादी मोर्चा बनाउने र वामपन्थी ध्रुवीकरणको पहल गर्ने कुरा समाजवादको आधार तयार पार्ने कुरासँगै सम्बन्धित रहेको बताए।



    उनले सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘क्रान्तिको बाटो सरल रेखाबाट जाँदैन। तर, हामी रणनीतिक रूपमा हामी कतातिर जाँदैछौं हामीले बनाएको समाजवादी मोर्चा, सबै देशभक्त र वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्ने उठाएको जोखिम छ। अहिले जोखिम उठाएकै छ। राष्ट्र र जनताको लागि नयाँ आन्दोलनको तयारी गरिरहेकै छौँ। सरकारको तर्फबाट पनि सुशासन र सामाजिक न्यायको मात्रै कुरा उठाएका छैनौँ।’

    सरकारको नीति तथा कार्यक्रम र बजेटमा समाजवादको भ्रूण रोप्ने काम गरेको बताए। लामो संघर्षको बलमा सामन्तवाद र त्यसको राजनीतिक संस्थाहरूलाई परास्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा आउनु सानो उपलब्धि नभएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार