Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • ३३ डिग्री पुग्यो काठमाडौं उपत्यकाको तापक्रम

    ३३ डिग्री पुग्यो काठमाडौं उपत्यकाको तापक्रम

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 660
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाको आजको तापक्रम बढेर ३३ डिग्री सेल्सियस पुगेको छ ।

    विगत केही दिनयतादेखि बढ्दै गइरहेको काठमाडौं उपत्यकाको तापक्रम आज ३३ डिग्री सेल्सियस पुगेको हो ।



    मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्नसक्ने मौसमविद् प्रतिभा मानन्धरले बताईन् ।



    आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो ।

    अहिले दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार