Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१९ अंकले घट्यो नेप्से , ४ अर्ब २१ करोडको सेयर किनबेच

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक १९.८९ अंकले बढेर २०६९.५३ विन्दुमा अडिएको हो । नेप्से दोहोरो अंकले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ।

यसदिन ३११ स्क्रिप्सको ९८ हजार ६४ लाख ४८३ कित्ता सेयर ६१ हजार ७२ पटकको कारोबारमा ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन बुधबार ४ अर्ब ५७ करोड ५० लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन चारवटा स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

नेपाल फाइनान्स,अपर लोहोरे खोला हाइड्रोपावर,भगवती हाइड्रोपावर डेभलपमेन्ट र मनकामना इन्जिनियर हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

पोखरा फाइनान्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। १९ करोड मूल्य बराबरको सेयर कारोबार गरी नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो।

नगदी ग्रुपको १५ करोड,जानकी फाइनान्स १३ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १२ करोड र कालिञ्चोक दर्शनको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077