Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अस्थिरता कम गर्न करका दरहरु हेरफेर गरेका हौँ : अर्थमन्त्री पुन

    अस्थिरता कम गर्न करका दरहरु हेरफेर गरेका हौँ : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 441
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरु हेरफेर गरिएको बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री पुनले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताए।



    उनले सरकारले सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिवद्धता अनुसार नै बजेट ल्याइएको उल्लेख गरे ।

    अर्थमन्त्री पुनले मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भएपनि सरकारको नीति र बृहत् सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको बताए ।

    उनले नयाँ चरणको आर्थिक सुधार गर्ने साझा सोचबाट बजेट आएको भन्दै बृहत् छलफलबाट सोच निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार