Online Nepal
  • आइतबार, २० असोज २०८१
  • माधव नेपाल वर्तमान समीकरण भन्दा बाहिर जानुहुन्न : प्रधानमन्त्री प्रचण्ड

    माधव नेपाल वर्तमान समीकरण भन्दा बाहिर जानुहुन्न : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 588
    SHARES

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने दाबी गरेका छन् ।

    बिहीबार विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । आज बिहान आफूसँग कुराकानी हुँदा अध्यक्ष नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रधानमन्त्री प्रचण्डले बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ ।’



    उनले मधेसमा पनि समीकरण भन्दा बाहिर कोही नहुने उनको दाबी छ। प्रधानमन्त्री प्रचण्डले बजेटमा कोशी प्रदेशलाई प्राथमिकता दिइएन भनेर प्रचार गरिए पनि त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे ।

    उनले आगामी आर्थिक वर्षको बजेटमा धेरै कुरा नयाँ आएको उल्लेख गर्दै प्रचण्डले कृषि दशकको कुरा आफैँमा नयाँ कुरा भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार