Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • सिरोहियालाई नागरिकता दिने सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

    सिरोहियालाई नागरिकता दिने सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालीन तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    सिरोहियालाई हाजिरी जमानतमा छोडे लगत्तै प्रहरीले अन्य व्यक्तिमाथि अनुसन्धान सुरु गरेको हो ।



    प्रहरीले नागरिकता प्रकरणमा अनुसन्धान अघि बढाउँदै तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको प्रहरी स्रोतले बतायो ।



    वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध प्रहरीले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिएको स्रोतले बतायो ।

    प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी भएको छ ।

    नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया ९ दिनपछि हिरासतमुक्त भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार