Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आगामी आर्थिक वर्षको बजेट व्यवहारिक र सन्तुलित आएको छ : अर्थमन्त्री पुन

    आगामी आर्थिक वर्षको बजेट व्यवहारिक र सन्तुलित आएको छ : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 426
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट सन्तुलित र व्यवहारिक आएको दाबी गरेका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट सकारात्मक प्रतिक्रिया पाएको दाबी गरे।



    अर्थमन्त्री पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताए । उनले पारदर्शी र तथ्यमा आधारित बजेट ल्याएकाले त्यसमा स्वीकार्यता बढेको बताए ।



    अर्थमन्त्री पुनले बजेट आफूले संघीय संसदमा प्रस्तुत गरे पनि यसमा सबै मन्त्रालय, कार्यालय र निजी क्षेत्रहरुको योगदान रहेको बताए ।

    करका दर हेरफेर गर्दा कसैलाई मर्कामा परे पनि स्रोत जुटाउनका लागि कर बढाउन बाध्य भएको अर्थमन्त्री पुनले बताए ।

    अर्थमन्त्री पुनले बजेटले केही करका दर वृद्धि गरेकाले स्वार्थ समूह निजी क्षेत्रले मन दुखाए पनि सकेसम्म सन्तुलित र सर्वस्वीकार्य बजेट बनाएको दाबी गरे ।

    बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने गरी एकीकृत गरिएको अर्थमन्त्री पुनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार