Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • १३ लाख नक्कली नोटसहित चारजना प्रहरी फन्दामा

    १३ लाख नक्कली नोटसहित चारजना प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 1.7K
    SHARES

    बारा । बारा प्रहरीले नक्कली नेपाली नोटसहित चार जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका-६ का २५ वर्षीय राजन चौधरी, वडा नं. ५ का १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका वडा नं. १ का १९ वर्षीय मोहनकुमार साह र भारत बिहारको मोतिहारी थाना झौखर पञ्चायत कबैया ग्राम खरसलवा ७ का ४० वर्षीय महमद आलम रहेका छन् ।



    बारा सिम्रौनगढ नगरपालिका-९ कचोर्वास्थित सानो बसवरीया र ठूलो बसवरीयाबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो । तीन जनालाई सानो बसबरिया र एक भारतीय नागरिकलाई ठूलो बसबरियाबाट पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।



    पक्राउ परेका तीन जनाबाट सात लाख सात हजार नक्कली नोट बरामद गरिएको बताइएको छ । उनीहरूले प्रयोग गरेको ना३४प ३५१२ र बिआर ०६ ए डब्लु २७५८ नम्बरको दुई वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

    भारतीय नागरिक आलमलाई प्रहरीले बारा सिम्रौनगढ नगरपालिका ९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

    आलमको साथबाट ६ लाख ९ हजार नक्कली नेपाली नोट बरामद भएको छ । पक्राउ परेका चार जनामाथि प्रहरीले आवश्यक कारबाही थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार