Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बार्सिलोनाको नयाँ प्रशिक्षकमा हान्सी फ्लिक

    बार्सिलोनाको नयाँ प्रशिक्षकमा हान्सी फ्लिक

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 438
    SHARES

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक नियुक्त भएका छन् ।

    प्रशिक्षक जाभीको स्थानमा आएका ५९ वर्षीय जर्मन पूर्वप्रशिक्षक फ्लिकले बार्सिलोनासँग २ वर्षे सम्झौता गरेका हुन् ।



    बार्सिलोनाले ११ जेठमा प्रशिक्षक जाभीलाई बर्खास्त गरेको थियो ।



    फ्लिकले जर्मनको टिम सम्हाल्नुअघि २०२० मा बार्यन म्युनिखलाई ट्रेबल (बुन्डेजलिगा, जर्मन कप र च्याम्पियन्स लिग) जिताएका थिए ।

    बार्सिलोनाका फवार्ड रोबर्ट लेभान्डोस्कीले २ वर्ष बार्यन म्युनिखमा फ्लिकको प्रशिक्षणमा खेलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार