Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • उद्योग मन्त्रीका कारण केन्द्रमा भाँडभैलो, कामकाज ठप्प पार्दै घरेलुकी हाकिम कोरिया सयरमा

    उद्योग मन्त्रीका कारण केन्द्रमा भाँडभैलो, कामकाज ठप्प पार्दै घरेलुकी हाकिम कोरिया सयरमा

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र उनको सचिवालयका कारण लघु घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्रको कामकारबाही पछिल्लो समय ठप्पजस्तै छ ।

    सहसचिवको दरबन्दीमा उपसचिवलाई निमित्त बनाउनैपर्ने मन्त्री भण्डारीको करकापले गर्दा केन्द्रका प्रबिधि हस्तान्तरण लगायतका कार्यक्रमहरु अलपत्र हुने भएका छन् । सहसचिव दीपक घिमिरेलाई मन्त्रालयमा काजमा तानिएको छ ।



    उनलाई मन्त्रालयबाटै हटाउनका लागि भण्डारी आफैं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका छन् । र, मन्त्री भानुभक्त जोशी र सचिव मुकुन्द निरौलालाई भेटिसकेका छन् ।



    प्राविधिक उपसचिव अमित आचार्यभन्दा कनिष्ट उपसचिव बिष्णु भट्टराई फुयााललाई निमित्त दिनकै लागि उनलाई मन्त्रालयमा तानिसकिएको छ । आचार्यलाई मन्त्रालयमा तानेको उही दिनमै भट्टराईलाई आर्थिक अधिकारसमेत दिएर पठाइएको थियो ।

    अहिले आचार्यलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधारका रिवाज भण्डारीलाई उद्योग मन्त्रालयमा ल्याइएको छ ।

    उद्योगबाटै ८ महिनाअघि मात्र भौतिकमा पठाइएका रिवाजलाई मन्त्रीसँग थरको सम्बन्धले मात्रै भित्रिएका होइनन्, उद्योग मन्त्रालयमातहतमा उनी प्राविधिक उपसचिवमा मात्रै होइन, बिष्णु भन्दा पनि कनिष्ट भएका कारण प्रबद्र्धन केन्द्रको जिम्मेवारी दिनका लागि उद्योगमा ल्याइएका हुन् ।

    विष्णुको जसरी भए पनि निमित्त प्रमुखमै रहिरहने लोभका कारण केन्द्रको प्रशासनिक संयन्त्रलाई ध्वस्त पार्ने काम गरिएको छ । सरुवा गरिएका रिवाज अहिलेसम्म मन्त्रालयमा हाजिर भएका छैनन् ।

    प्राविधिक उपसचिव नहुँदा केन्द्रका अधिकांश कामकारबाही ठप्प हुन पुगेका छन् । उपसचिव भट्टराईको कार्यशैलीबाट वाक्क भएर केन्द्रका १० जना कर्मचारीहरुले सरुवा माग्दै तालुक अड्डामा निवेदन दिएका छन् ।

    यसरी सरुवा माग्नेहरुमा प्रशासन प्रमुखदेखि लिएर लेखा अधिकृत र इन्जीनीयर लगायत छन् । केन्द्रमा भाँडभैलो मच्चाएर भट्टराई भने जेठ १९ गते शनिबार काेरिया घुम्न जाँदैछिन् ।

    मन्त्री भण्डारी र निजी सचिव विवेक घिमिरेको कृपामा उनी कोरिया भ्रमणमा मनोनयनमा परेकी हुन् । कार्यस्थलमा आधारित रोजगारमूलक कार्यक्रम सफल बनाउने बेलामा कार्यालयमा अनुपस्थित हुँदैआएकी भट्टराई सोही कार्यक्रम सफल बनाएको जस लिंदै काेरिया भ्रमणमा जान लागेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार