Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२३ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ५७ करोडको सेयर किनबेच

काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार २३ .८१ अंकले घटेको छ।

सेयर कारोबार साताको चौथो दिन नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा कायम भएको हो।

यसदिन ३१४ स्क्रिप्सको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँमा खरिदबिक्री भए।

युनिलिभर नेपाल,कालिञ्चोक दर्शन,अपर लाहोर खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.४१ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्षस्थानमा रह्यो।

सो कम्पनीको १९ करोड ५२ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोड २७ लाख मूल्य बराबरको सेयर कारोबार हुँदा सर्वोत्तम सिमेन्टको १४ करोड,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट र हाथवे इन्भेस्टमेन्टको १० /१० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077