Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री पुनले भने – सहकारी पीडितलाई तत्काल ५ लाखसम्मको बचत फिर्ता गराउँछौं

    अर्थमन्त्री पुनले भने – सहकारी पीडितलाई तत्काल ५ लाखसम्मको बचत फिर्ता गराउँछौं

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 618
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सहकारी पीडितलाई बचत फिर्ता गराउने बताएका छन् ।

    पोस्ट बजेट अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने दाबी गरे।



    अर्थमन्त्री पुनले भने,‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम भएको छ । सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम हो ।’



    अर्थमन्त्री पुनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए ।

    आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने अर्थमन्त्री पुनको भनाई छ। समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार