Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • आगामी आर्थिक वर्षको बजेट जनतामा आशा जगाउने खालको छ : अर्थमन्त्री पुन

    आगामी आर्थिक वर्षको बजेट जनतामा आशा जगाउने खालको छ : अर्थमन्त्री पुन

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 396
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट आशा जगाउने खालको आएको बताएका छन् ।

    बुधबार पोस्ट बजेट अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट वस्तुपरक बनाउने प्रयास गरिएको बताएका हुन् ।



    अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताए।



    अर्थमन्त्री पुनले सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गरेको बताए ।

    उनले आजका दिनमा आफुहरु आँखा जुधाएर कुरा गर्न सक्ने अवस्थामा रहेको बताए ।

    चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको अर्थमन्त्री पुनले बताए ।

    अर्थमन्त्री पुनले बजेटमा देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेको समेत बताए ।

    अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेको अर्थमन्त्री पुनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार