Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गृहमन्त्री लामिछानेविरुद्धको सुनुवाइ स्थगित

    गृहमन्त्री लामिछानेविरुद्धको सुनुवाइ स्थगित

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 666
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री रवि लामिछाने र महान्यायाधीवक्ताको कार्यालयविरूद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ ।

    अधिवक्ता अनुपम भट्टराईले नै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि आज सुनुवाइ नगरिएको हो।



    रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको थियो ।



    अधिवक्ता भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा थियो ।

    महान्यायाधिवक्ताको कार्यालयले गत वैशाख २४ गते गृहमन्त्री लामिछानेलाई सहकारीको रकम हिनामिनामा कुनै उजुरी/जाहेरी नरहेको पत्र दिएको थियो।

    पत्रमा कार्यालयले रुपन्देही, कास्की र चितवनमा बुझ्दा लामिछानेविरूद्ध उजुरी/जाहेरी नरहेको र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको उल्लेख गरेको थियो।

    महान्यायाधिवक्ता कार्यालयको पत्रविरूद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    लामिछानेले अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग रिटमा गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार