Online Nepal
  • सोमबार, १९ कार्तिक २०८१
  • अत्यधिक गर्मी बढेपछि विद्यालयलाई पंखा वितरण

    अत्यधिक गर्मी बढेपछि विद्यालयलाई पंखा वितरण

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 408
    SHARES

    विराटनगर । अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पंखा उपलब्ध गराएको छ ।

    विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई महानगरपालिकाले पहिलो चरणमा पाँच सय थान सिलिङ पंखा उपलब्ध गराएको हो ।



    चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाटै पंखा खरिद गरेर विद्यालयका प्राधानाध्यपकहरुलाई वितरण गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।



    महानगरपालिका प्रमुख नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पङ्खा जडान गर्ने घोषणा गरेका थिए।

    महानगरको शैक्षिक प्रशासन महाशाखाका अनुसार विद्यालयलाई पाँचदेखि २० थानसम्म सिलिङ पंखा उपलब्ध गराइएको छ ।

    शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आव २०८०/८१ मा विनियोजित २० लाख रकमबाट सामुदायिक विद्यालयमा पंखा वितरण गरिएको हो ।

    हाल यस क्षेत्रमा दैनिक ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार