Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

    महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 438
    SHARES

    न्युयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेकी छिन् ।

    भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसङ्घले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको छ ।



    भेटका अवसरमा उनीहरुबीच जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ ।



    सचिव लम्सालले वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आउनुभएको छ ।

    सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गरेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार